प्रधानमन्त्रीद्वारा पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व स्वास्थ्यमन्त्री डा. मधुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पूर्वमन्त्री, बुद्धिजीवी एवम् मानव अधिकारकर्मी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले लखेका छन् ‘पूर्व स्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मधुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु’…