नगरप्रमुख साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २४ साउन । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साहविरुद्ध एक लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कल्याणपुर नगरपालिका वडा नं. ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग विचौलियामार्फत घुस लिएको पुष्टि भएको छ । आयोगका अनुसार सेवाग्राहीबाट साहलाई…