हिंसालाई राष्ट्रिय दिवसको मान्यता दिने निर्णय दुःखदः ओली

काठमाडौ ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको निर्णयप्रति दुख व्यक्त गरेका छन् । हिंसा दिवसलाई राष्ट्रिय दिवस बनाउने सरकारको निर्णय सही नभएको उनले बताए ।जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा ओलीले सो टिप्पणी गरेका हुन् । उनले केही मान्छेहरुमा अझै पनि हिंसाको धङधङी रहेको…