काठमाडौँ, २ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मसानघाटमा पुगेको प्रेत ब्यूत्याउने प्रयास सफल हुन नसक्ने बताएका छन् । आज काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिमा विदेशीले गर्न खोजेको षड्यन्त्रलाई असफल पार्न अनेरास्ववियुले अग्रसरता लिनुपर्ने बताए । उनले भने, ‘नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्ने विदेशीहरूले खेल…