एआईको प्रयोगले भोलिको नेपालीको भविष्य निर्धारण गर्छ: मन्त्री गुरुङ

काठमाडौँ, २४ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोग कसरी गर्ने भन्ने कुराले भोलिको नेपाली/आदिवासीको भविष्य निर्धारण गर्ने बताउनुभएको छ । विश्व सूचना प्रविधिको तीव्र विकासले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र चर्चा भएको सन्दर्भमा मन्त्री गुरुङले त्यस्तो बताउनुभएको हो । ३१औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले आज काठमाडौँमा…