नयाँ राष्ट्रपति २५ फागुनभित्रै : मतदाता नामावली संकलन गर्दै आयोग

काठमाडौँ, २२ पौष । निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगको तयारीअनुसार २५ फागुनभित्रै मुलुकले नयाँ राष्ट्रपति पाउने भएको छ । आयोगले राष्ट्रियसभामा रिक्त एक सदस्य पदको निर्वाचन २५ माघमा गर्ने र त्यसपछि राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको हो । राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता…