काठमाडौँ, १९ पौष । वाग्मती प्रदेशसभामा सभामुखको निर्वाचन यही पुस २९ गते हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुखको चयनका लागि पुस २९ गते शुक्रबार ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ अनुसार निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरिएको हो ।