परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीसँग भेट

काठमाडौँ, २१ माघ । परराष्ट्रमन्त्री ड. बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएकी मन्त्री पौड्यालले गएराती त्यहाँका प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सबन्ध र सहकार्यका विषयमा छलफल गर्नुभयो । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले…