सुरू भयो संसद्मा चहलपहल

काठमाडौँ, ९ पौष । करिब तीन महिनापछि संसद् भवनमा चहलपहल सुरु भएको छ । प्रतिनिधिसभाका सदस्यले बिहीबार शपथ ग्रहण गरेसँगै संसद्परिसरमा सांसद र दलका कार्यकर्ताको चहलपहल बढेको हो । सांसदको सेवा सुविधा पनि बिहीबारदेखि सुरु भएपछि केही सदस्य बैंक खाता खोल्न व्यस्त देखिन्थे भने केही सांसद आफूले राख्न पाउने स्वकीयको नामावली पनि सचिवालयमा दिने तयारी…