चार नयाँ विश्वविद्यालय खोल्ने मन्त्रालयको तयारी

काठमाडौँ, १७ पौष । राष्ट्रिय योजना आयोगका (शिक्षा हेर्ने) सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा गठित समितिले एकीकृत उच्च शिक्षा ऐन नआउँदै केन्द्रीय विश्वविद्यालय स्थापना गर्न नहुने सुझाव दिएको छ । उच्च शिक्षा नियमन तथा सञ्चालनमा देखिएको दोहोरोपन हटाउन यस्तो सुझाव दिइएको हो । समितिले प्रस्तावित उच्च शिक्षा ऐनको प्रावधान एवं मापदण्डअनुसार हुने गरी विश्वविद्यालय अनुदान आयोगको…