न्याय प्रशासन कामुकै भरमा

काठमाडौँ, १५ पौष । करिब ११ महिनादेखि सर्वोच्च न्यायालय नेतृत्वविहीन छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ फागुन १ गतेदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ । कायममुकायमले अदालतको नेतृत्व लिइरहेका छन् । जबरापछि तत्कालीन वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र अहिले न्यायाधीश हरिकृष्ण कार्कीले कायममुकायमको जिम्मेवारी पाएका छन् । निर्वाचन सम्पन्न भए पनि प्रधानन्यायाधीशको सिफारिस, संसद्…