मतदान स्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न प्रमुख आयुक्त थपलियाको आग्रह

चितवन, २५ कार्तिक । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेश कुमार थपलियाले अबका दिनमा मतदान स्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार सङ्कलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको…