लमजुङ, ४ कार्तिक । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य नभएको बताएका छन् । आज एमाले बेंसीसहर नगरपालिका कमिटीले आयोजना गरेको उम्मेदवार परिचय एवं बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशको विकासका निम्ति कुनै उल्लेखनीय काम गर्न नसकेको र एमाले सरकारमा हुँदा ल्याएको विकास र नीतिलाई समेत उल्लंघन गरेको…