काठमाडौँ, २९ असोज । निर्वाचन आयोगले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री आचारसंहिता अनुसार भए–नभएको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिने भएको छ । आयोगको हिजो बसेको बैठकले पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता समेतलाई सम्मान गर्दै नियमित अनुगमन गर्न काउन्सिललाई लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ…