फेरि वाम एकताको चर्चा: अध्यक्ष ओलीद्वारा सहकार्यमा जोड

काठमाडौँ, ९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ । कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेताले सोचेजस्तो परिणाम नआउने देखेपछि सरकार गठनका लागि वाम एकता वा गठबन्धनको चर्चा गर्न थालेका हुन्…