दसैँले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ: राष्ट्रपति भण्डारी

काठमाडौँ, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेकी हुन् । नेपालीहरूको महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,…