काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनावी अभियानको क्रममा जनताको मनोभावना बुझिसकेको बताउनुभयो । देशले जित्न एमालेले जित्नै पर्ने उहाँले सुनाउनुभयो । आफूलाई अहिले चुनावको महामङ्सिर लागिरहेको बताउनुभयो । एमालेले गर्ने काम…