काठमाडौँ, २७ कार्तिक । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधिसभाको निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन् । आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले यस क्षेत्रबाट आफू यसअघि पनि दुईपटक विजयी भइसकेको उल्लेख गर्दै यसपटक पनि विजयी हुनेमा विश्वस्त रहेको…