काठमाडौँ, ५ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय स्वाभाविक भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति भण्डारीको यो निर्णयको इतिहासले सदैव प्रशंसा गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, “प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता…