प्रचण्डले हिंसात्मक बाटो रोजे सिंहदरवारको यात्रा नभई विप्लवसँग जंगलको यात्रा हुनेछ : पूर्वमन्त्री बस्नेत

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक व्यक्तिलाई नभई जनवारलाई समेत लट्ठीले हान्न नपाउने व्यवस्था भएका कारण पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमा लट्ठी खाने अभिव्यक्ति दिनु हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पर्साले बिरगंजमा आयोजना गरेको…