पोखरा, ४ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आज पाँचदलीय गठबन्धनले पोखरामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले गठबन्धन आजको आवश्यकता भएको बताए । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उनले भने, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने…