जसपाले बागी उमेदवारी दिएकालाई पार्टीबाट निकाल्यो

काठमाडौं, ३ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)ले बागी उमेदवारलाई कारबाही गरेको छ । केन्द्रीय कार्यकारिणी समितिका सदस्यसमेत रहेका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टी निर्णय विपरीत उमेदवारी दिनेलाई निष्कासन गरिएको छ । “…पार्टी नीति, निर्णय विपरीत स्वतन्त्र रूपमा उमेदवारी दिने त्यस्ता उमेदवारहरूले पार्टी अनुशासन उलंघन गरी उमेदवारी कायम राखी रहेकाले उनीहरूलाई पार्टीबाट निष्कासित…