भिजिट भिसामा कुवेत जान लागेका ४७ महिलाबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ९ साउन । गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइएपछि त्यसबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् ।  उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न…