प्रत्यक्ष उम्मेदवारीमा महिलालाई कम प्राथमिकता

काठमाडौँ, ३० असोज । राजनीतिक दलहरूले महिलालाई प्रत्यक्षतर्फको चुनाव लडाउन त्यति रुचि देखाउँदैनन् । जसका कारण चुनावी मैदानमा महिलाको संख्या निकै कम हुने गर्छ । दलहरूले महिलालाई नपत्याउँदा मंसिर ४ गते हुने निर्वाचनका लागि पुरुषको तुलनामा निकै थोरै महिला मात्र चुनावी मैदानमा उत्रिएका छन् । ठुला भनिएका राजनीतिक दलले महिलालाई समानुपातिकमा सीमित गरिदिएका छन् ।…