काठमाडौँ, २८ असोज । विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य नेकपा एमाले मा प्रवेश गर्नुभएको छ । एमाले प्रवेश गर्नेहरूमा आशिष रेग्मी र सञ्जय बराल हुनुहुन्छ । दुबै जना विवेकशील साझाको केन्द्रीय नेतृत्वमा रहेर आर्थिक विभाग लगायत विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको थियो । महासचिव शंकर पोखरेलले आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा उहाँहरूलाई स्वागत गर्नुभयो ।…