चुनावपछि पनि गठबन्धन रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ, १ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ८(ख)को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै बाम-लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ-८ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरुबीच रहेको गठबन्धन कायम…