काठमाडौँ, १७ भदौ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले सोधेका प्रश्नलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘अर्थ न बर्थ गोविन्द गाई’को संज्ञा दिएका छन् । उनले आफूले संविधान र कानुनविरुद्ध गरेको भनिएका कामको विषयमा एकएक जवाफ समितिसँग मागेका छन् । समितिको बैठकमा दोस्रो दिन बिहीबार पनि बयान दिन उपस्थित जबरालाई ५ र ६ नम्बरका प्रश्न सोधिएको थियो…