काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीहरूको मौलिक विशेषता भनेकै विविधतामा एकता रहेको उल्लेख गर्नुभएको छ । दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसार लगायत चाडपर्वहरूको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले असत्य माथिको सत्यको विजयका रूपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भन्दै…