भारतको ७५ औँ स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाको शुभकामना

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५ ‌औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन्। ट्वीटरमार्फत उनले समकक्षी नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका हुन् । ‘स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जनतालाई हार्दिक अभिनन्दन । भारतको प्रगतिका लागि मेरो शुभकामना,’ प्रधानमन्त्री देउवाको ट्वीट छ । स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको लालकिल्लामा सम्बोधन गर्दै…