काठमाडौँ, ८ असोज । अरुण श्रेष्ठ ६ वर्षको उमेरदेखि काठमाडौंको हात्तीसारमा बस्दै आएका छन् । बुबा निरञ्जनभक्त श्रेष्ठले ५५ वर्षअगाडि किनेको ‘जायजेथा’मा जीवन गुजारा गर्दै आएका श्रेष्ठ ६१ वर्षको उमेरमा अचानक त्रसित बने । घरजग्गाको वैधानिक कागजपत्र हुँदा पनि टुकुचा उत्खननका नाममा घर भत्काउने भन्ने महानगरपालिकाको ‘लहड’ले अचानक तनाव दिएको उनले सुनाए । ‘जग्गाको नक्सा…