काठमाडौँ, १ साउन । सरकारले विदेशस्थित नेपाली अवैतनिक वाणिज्यदूत/महावाणिज्यदूत (अनररी कन्सुल र अनररी कन्सुल जनरल) नियुक्ति गर्ने सम्बन्धमा नयाँ मापदण्ड ल्याएको छ । नयाँ मापदण्डअनुसार कुनै पनि देशको नेपाली अवैतनिक वाणिज्यदूत नियुक्त हुने व्यक्ति सम्बन्धित देशमा कम्तीमा १० वर्षदेखि स्थायी बसोबास गरेको हुनुपर्नेछ । नियुक्त चाहने व्यक्तिले कार्यावधिभर तोकिएको क्षेत्रमा रहने स्वघोषणा गर्नुपर्ने प्रावधान पनि नयाँ मापदण्डमा राखिएको…