विप्लव र प्रकाण्डलाई पक्राउ पुर्जी जारी

काठमाडौँ, १६ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित अन्य नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले आज उनीहरुविरुद्ध पुर्जी जारी गरेको हो । उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना कर्तव्य ज्यानविरुद्धको मुद्दा छ । अदालतले एक सूचनामार्फत भनेको छ, “२०७९/०४/०६ गतेको आदेशानुसार मुलुकी फौजदारी कार्यविधि संहिता…