सभामुखद्वारा सांसदहरूलाई मास्क लगाउन आग्रह

काठमाडौँ, १० साउन । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले कोरोना सङ्क्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् । उनले भने–‘कोभिड सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र…