काठमाडौँ, ३१ असार । नेकपा एमालेकी सांसद भगबती चौधरीले भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरिनुपर्ने बताउनु भएको छ । संसदमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहनु भएकी सांसद चौधरीले बैदेशिक रोजगारीमा युएई तथा खाडी मुलुकहरुमा गएका नेपालीहरुले शारिरीक, मानसिक र कानुनी समस्याहरु झेलिरहेको जानकारी गराउँदै भिजिट भिसालाई रोक्नु भन्दापनि पारदर्शी र व्यवस्थित गरिनु पर्ने जिकीर गर्नुभयो…