विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधार सरकारको प्राथमिकतामा छ: गृहमन्त्री खाँण

रुपन्देही, १२ असार । गृहमन्त्री बालकृष्ण खाँणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको उद्घाटन गर्दै मन्त्री खाँणले सरकारले चाहँदाचाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने औँल्याउनुभयो । पूर्वाधार विकाससँगै नागरिकमा सुविधा तथा शान्ति र सुरक्षाको अवस्था सुदृढ हुने बताउनुभयो…