प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्यो : वामदेव गौतम

काठमाडौँ, ११ असार । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको बताएका छन् । आज नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताए ।…