माओवादी केन्द्रीय कमिटीको बैठक सर्‍यो

काठमाडौँ, १० असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक चार दिनपछि सारिएको हो । असार १५ गतेका लागि बोलाइएको बैठक १९ गतेका लागि सारिएको छ । बैठक १९ गते बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्नेछ ।