काठमाडौँ, २९ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने, “माननीय सदस्यहरू, खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध…