काठमाडौँ, ११ बैशाख । दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुयाएको थियो। खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे…