गृहमन्त्रीद्वारा हावाहुरीबाट घाइते भएकाहरुको उपचारका लागि व्यवस्था गर्न निर्देशन

काठमाडौँ, २९ जेठ । गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको बर्दियालगायतका जिल्लामा हावाहुरीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, बर्दियाका प्रहरी प्रमुख र सशस्त्र प्रहरी…