चितवन, ९ जेठ । चितवनको भरतपुर महानगरपालिकाको अहिलेसम्म एक लाख आठ हजार ७६१ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेणु दाहालको ४३ हजार ६७४ मतसहित अग्रता फराकिलो बन्दै गएको छ । नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले ३३ हजार ७३१ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ…