विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गरौं: राष्ट्रपति भण्डारी

काठमाडौँ, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारी आज नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो ।…