मंगलबार कर्णाली सरकारको नीति तथा कार्यक्रम पेस हुने

सुर्खेत, २३ जेठ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ । सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ । यसपटक कार्यान्वयनमुखि योजना मात्रै बजेटमा समावेश गर्ने…