बुद्धको सन्देशलाई व्यावहारमा उतारी जीवनलाई शान्तिमय बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले २५६६औँ बुद्ध जयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा समग्र मानव समुदायमा एकता र पारस्परिक सम्मान अभिवृद्धि गर्न सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ सबैमा शुभकामना…