रेणुको बढ्यो थप अग्रता

चितवन, ७ जेठ । भरतपुर महानगरपालिकामा रेणु दाहालले थप अग्रता बनाउनुभएको छ । शनिबार प्राप्त पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट मेयर उम्मेदवार उहाँले ५१३३ मतको अग्रता बनाउनुभएको हो । रेणुले २७ हजार ४१२ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत पाउनुभयो । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत पाउनुभयो ।…