प्रधानसेनापति शर्मा लेबनान, सिरिया र अमेरिकाको भ्रमणमा जाँदै

काठमाडौँ, १७ जेठ । प्रधानसेनापति प्रभुराम शर्मा सातदिने विदेश भ्रमणमा जाने भएका छन् । द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली फौजको हौसला अभिवृद्धि गर्न प्रधानसेनापति शर्मा सातदिने विदेश भ्रमणमा जाने भएका हुन् । असार (४–१०) सम्म यूएन मिसनमा हुने भ्रमणमा मिसनहरूको वस्तुस्थित, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्था लगायतबारे उनले जानकारी लिने बताइएको…