मोरङको चार स्थानीय तहमा ५ वडाअध्यक्षसहित २६ जना निर्वाचित

विराटनगर, १ जेठ । मोरङका चार वटा स्थानीय तहमा वडाअध्यक्षसहित २६ जना निर्वाचित भएका छन् । कानेपोखरी, कटहरी, धनपालथान र ग्रामथानमा २६ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । नेपाली काँग्रेसका दुई, नेकपा एमालेका २ र माओवादी केन्द्रका एक जना वडाअध्यक्षमा निर्वाचित भएका हुन् । कटरी गाउँपालिकामा १ नं. वडाको वडाअध्यक्षमा एमालेका…