काठमाडौँ, २० बैशाख । नेपाली कांग्रेसले बागी उम्मेदवारले भोलि बुधबारसम्म पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने प्रतिवद्धताका साथ उम्मेदवारी नरहेको विज्ञप्ति जारी गरेमा कारबाही नगर्ने पुनः स्मरण गराएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार २०७९ वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निश्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी…