बाग्लुङ, ५ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए । ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरुप…