काठमाडौँ, २ जेठ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा निर्वाचित हुनुभएको छ । उहाँले ६ हजार ७०० मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेपाली कांग्रेसकी माया राना १ हजार ६४५ मतअन्तरले पछाडि पर्नुभयो । मायाले पक्षमा ५ हजार ५५ मत प्राप्त गर्नुभयो । उपाध्यक्ष पदमा पनि नेकपा एमालेका सावित्रा कोइराला ६ हजार २२३ मतसहित…